सोमबार भेटिए २६६ नयाँ संक्रमित, थप चार जनाको मृत्यु

दाङ । पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज (सोमबार) २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
यस्तै, आज (सोमबार) ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । भने सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन् । हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।
हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस