सल्यानमा जीप दुर्घटना : २ जनाको मृत्यु : १ जना घाइते
दाङ । आज बिहान सवाँ ६ बजेको समयमा जिल्ला सल्यान कपुरकोट गा. पा. ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नं. को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अ. ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु १ जना घाइते भएका छन ।
सिरियस घाईते एक जनाको उपचारको लागी दाङतर्फ पठाउने तयारी रहेको प्रहरीले बताएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस
