एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित
काठमाडौं। एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ।
भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो।
नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले प्रभावित भएको खेलमा ११.३ ओभरमा २ विकेट गुमाएर नेपालले ११४ रन जोडेको थियो। त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रोहित पौडेल २४ बलमा ३५ रनमा नटआउट रहे।
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस


