आगामी निर्वाचन माओवादी आफ्नैै खुट्टामा उभिएर लड्नेछ : प्रचण्ड
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन अब आफ्नै खुट्टामा उभिएर लड्ने बताए । दाङको घोराहीमा शनिवार बिहान प्रेस सेन्टर दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । भर्खरै पाटीको केन्द्रिय समितिको बसेको बैठकले सर्वसम्मत रुमले निर्णय गरेर आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने बताए । उनले माओवादी बैशाखी टेक्ने जात नभएको भन्दै बरु विगतका अरुलाई टेकाउने गरेको बताए ।
उनले भने,‘ माओवादी एउटा जनक्रान्तिको प्रतीक र यो परिवर्तनको वाहक पनि हो । एउटा भाष्य के बनाउन खोजियो , भने माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन । हामीले विगतको समीक्षा गरेर यो पटक एक्लै चुनाव लड्न निर्णय गरेका छौँ ।’ बामपन्थी एकताको आवश्यक कम्युनिष्ट भन्नेहरू एक ठाउँमा उभिने आवश्यकता महसुस गरी निकै जोखिम उठाएर आफूले २०७४ मा पहिलो मोर्चा बनाएर चुनाव लड्को उल्लेख गर्दै उनले पछि पार्टी एउटै बनाएको र पछिल्लो चरण फेरि पनि समीकरण गर्ने भनेर जोखिम उठाएको भएयता पनि त्यो नटिकेपछि अति भएको बताए ।
उनले २०८४ सम्म नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न सम्भावना नदेखेको समेत बताए । अब आफूहरू आफ्नै शक्तिको बलमा चुनाव लड्ने समेत उनको भनाइ छ । केही समय आगाडि भएको उपनिर्वाचनमा आफूहरू त्यसरी नै चुनाव लड्को भन्दै उनले जनताले माया गरेको भन्दै कोशी प्रदेशका एक नम्बर भएको र काठमाडौँको कीर्तिपुर जस्तो ठाउँमा दोस्रो भएको हुँदा पार्टी उकालो तिर लागेको सङ्केत जनताले प्रष्ट दिएको समेत बताए ।उनले भने,‘ हामीसँग ३२ सिट मात्र छ । त्यसैले मैले म्याजिक नम्बर भनको हो । अब हामीलाई म्याजिक नम्बर नभइ पर्याप्त नम्बर चाइयो । यो देशलाई साँच्चै सुशासन र विकास दिने हो रु भने माओवादी केन्द्रलाई बहुमत चाहिन्छ । नेपाली जनतासँग मैले यही अपिल गर्दै हिँडेको छु । अबको म्याजिक नम्बर भनेको माओवादीलाई बहुमत हो ।’
यस्तै उनले आफूहरू सरकार ढाल्नेतर्फ नलागेको समेत बताए । अब फेरि काङ्ग्रेस वा एमालेसँग सरकार बनाउने कुराले हामी प्रति जनताको भरोसा आश पलाएको छ, त्यो फेरि बिग्रिएकी भन्ने डर हामीलाई लागेको हुँदा हामी सरकार ढाल्नेतर्फ नलागेको समेत उनले बताए । यस्तै उनले यो सरकार आफ्नै भारीले थच्चिए ढल्ने भन्दै आफूहरू सरकार फाल्न पर्छ, भनेर नहतारिएको समेत उल्लेख गरे । यस्तै उनले माओवादीमा अलिअलि धुलो मैलो लागेको भन्दै त्यो माओवादीले पखाल्नु पर्ने बताए ।
यस्तै उनले सरकार र देश स्वार्थ समुहको सेटिङमा चल्ने गरेको बताए । उनले भने,‘ म तिन पटक प्रधानमन्त्री भए । तिनै पटक जनताका पक्षमा काम गर्ने क्रममा त्यसखालका सेटिङहरु चल्ने गरेको मैले अनुभव गरे ।’ उनले स्वार्थ समुह र सेटिङ भत्काउनका लागि आफू अगाडि बढ्दा सरकारबाट बाहिरिनु परेको समेत बताए । उनले आफूले शुरु गरेको सुशासन, सामाजिक न्याय र आर्थिक संकट समाधान गर्ने अभियान शुरु गर्दा केही मानिसहरुलाई मन नपरेको समेत उल्लेख गरे ।
उनले भने,‘ त्यो अभियानले उनीहरुको स्वार्थका धक्का लाग्न पुग्यो । विचौलिया जो कमिसनको भरमा अरबौको चलखेल गर्ने गर्दछन् । उनीहरुलाई त्यति चित्त बुझेको थिएन् । ति विचौलिया दलालहरुको सेटिङ मैले भत्काउन खोजेको हो । ’ उनले आफ्नो पार्टीको सदनमा संख्या नहुँदापनि जनताको पक्षमा काम गर्न लाग्दा सेटिङमा चल्ने वर्गलाई धक्का लाग्दा उनीहरुले अनेक चलखेल गरेर आफूलाई सरकारबाट हटाउने काम भएको समेत बताए । यस्तै उनले केही समयदेखि समाजबादी मोर्चा निकृष्य जस्तै भएको अवस्थामा त्यसलाई फेरि संक्रिय बनाउने भनेर त्यसको बैंठक बसेको भन्दै त्यसको एउटा सार्बजिक कार्यक्रम केही दिनपछि काठमाडौँमा गर्ने तयारी रहेको समेत बताए ।

