तुलसीपुर १६ बाट १३७ जना माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ को भेलाही गाउँबाट एकसय ३७ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले र काँग्रेस परित्याग गरि गाउँका ७५ घरधुरीका एकसय ३७ जनाले शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् ।

त्यस अवसरमा प्रमुख अतिथि मास्कीले पछिल्लो समय माओवादी केन्द्र नै जनताको मुद्दामा इमान्दार रहेको कुरा बुझाउन सकिएको भन्दै पार्टी प्रवेश गर्नेको लहर लागेको बताए । माओवादी केन्द्रले मुलुक परिबर्तनकालागि गरेको त्याग, तपस्या र बलिदान र भएको परिबर्तनका विषयमा पनि जनता जानकार भएको उनको भनाई छ ।
त्यस्तै सरकारमा हुँदा भ्रष्टाचार गर्नेहरुलाई जेलमा हाल्न थालेपछि त्यसलाई जनताले साथ दिएको उनको भनाई छ । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष शिवानन्द डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य विष्णु चौधरीले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।