पुथाउत्तरगङ्गामा माओवादी विजयी

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भएकी छन्। कांग्रेस एमाले गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै उनले बाजी मारेकी हुन् ।
कांग्रेसको चुनाव चिह्न लिएर लडेकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन्। उनले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन्।
प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस