जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

सल्यान । सल्यानमा मेलाबाट यात्रु बोकेर फर्कदै गरेको जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छ्न ।

जिल्लाको छ्त्रेश्वरी गाउँपालिका – ५ लेखपोखराको गरिपारे सुवाकोटी मेला मानेर शारदा नगरपालिका १२ कागखोला फर्कदै गरेको लु.१ ज.१८६१ नं. को सफारी जिप तिर्थपोले स्थित भित्रि कच्चि सडक खण्डमा बेलुका करिब पौने ५ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा शारदा नगरपालिका  १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेका छन् ।

सख्त घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

त्यस्तै घाइते हुनेहरुमा जिप चालक सल्यान सारदा नगरपालिका – १ चैबाङज्युलाका २१ बर्षीय रबिन बुढाथोकी, शारदा नगरपालिका – १२ कागखोलाका ५० बर्षीय कालि बहादुर बुढाथोकी, शारदा नगरपालिका – १२ कै   ५० बर्षीय कल्पना योगि, सोही ठाउँकि ७५ बर्षीय पम्फा नेपाली रहेका छ्न ।

त्यस्तै सल्यानकै छत्रेश्वरी गाउँपालिका – ५ कि २४ बर्षीय निर्मला बस्नेत, शारदा नगरपालिका–  १२ कि १२ बर्षीय लक्ष्मी खड्का, शारदा नगरपालिका – १३ कि  २४ बर्षीय निरु कुवर, शारदा नगरपालिका – १२ कि ४७ बर्षीय कमला बुढाथोकी, १३ बर्षीय खिमा ओली, ३५ बर्षीय हिमा ओली, २५ बर्षीय टिका बोहरा, १४ बर्षीय बिमला बुढाथोकी, प्रकाश बुढाथोकी र शारदा नगरपालिका – १३ कि ७५ बर्षीय जिउनी बोहरा, शारदा नगरपालिका – १५ कि ५७ बर्षीय पेशला भण्डारी, शारदा नगरपालिका १२ कि ७२ बर्षीय जानकी बोहरा र शारदा नगरपालिका १३ कि २८ बर्षीय रिता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते मध्ये पेशला भण्डारीको उपचारकोलागि प्रादेशिक अस्पताल कालागाउ सुर्खेत पठाइएको र अन्य १६ जनाको जिल्ला अस्पताल सल्यान लगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडक देखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटना के कति कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस