मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान रोल्पा नगरपालिका ४ दहरेभीरस्थित लिबाङ–गजुल सडक खण्डमा रा ३ प १०३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका ४ बाइगाउँका २६ वर्षीय पुरण चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान सवा ७ बजे दाजुभाइ घरबाट गजुल जाने क्रममा मोटरसाइकल दुर्घटना भएको थियो । निर्माण हुँदै गरेको सडकबाट मोटरसाइकल अनियन्त्रित भई करिब ६० मिटर मुनि खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
दुर्घटना लगत्तै मोटरसाइकल चालकसमेत रहेका पुरणलाई उनका भाइ मुक्तबहादुर चन्दले उपचारका लागि रोल्पा अस्पतालमा पुर्याएका थिए । उपचारका क्रममा पुरणको मृत्यु दिउँसो सवा १ बजे भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस