प्याब्सन दाङको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता ः गुरुकुल एकेडेमि प्रथम

दाङ, १५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा मावि तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीका शुभम पोख्रेल, सुप्रिया थापा र सुलभ खनाल प्रथम भएका हुन् । जनज्योति विद्यामन्दिरका पस्तुती गौतम, प्रतीक जिसी र सुगम रेग्मी द्वितीय भएका हुन् । ज्ञानज्योति एजुकेसन एकेडेमीका आशिष केसी, आशिका गिरी र अनुराज बिक तृतीय भएका हुन् । बिभिन्न ब्यबहारीक ज्ञान प्रदान गर्ने गुरुकुलले आफ्ना बिद्यार्थिले पढाइमा निखार्दै लगेको छ ।

घोकन्ते बिद्या मात्र नभएर प्रयोगात्मक बिद्याले पनि शैक्षिक प्रणालिमा सुधार गर्ने उदाहरण हो गुरुकुल एकेडेमि । जसको फलस्वरुप जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगतामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । जिल्लामा हुने अन्य शैक्षिक कृयाकलापमा पनि गुरुकुल कुनै न कुनै स्थान ओगट्न सफल हुने गर्दछ । प्याब्सन दाङले ३२ औँ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । कार्यक्रममा ३८ वटा विद्यालय सहभागी भएका थिए ।

कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी विद्यालयहरुलाई चार समूहमा विभाजन गरिएको थियो । पहिलो चरणमका प्रत्येक समूहबाट प्रथम र द्वितीय गरी आठ विद्यालयका सहभागी अन्तिम चरणमा सहभागी भएका थिए । अन्तिम चरणमा ज्ञानज्योति एजुकेसनल एकेडेमी, जनज्योति विद्यामन्दिर, बात्सायन मावि, अमर इङ्लिस सेकेन्डरी स्कुल, भ्याली टप इङ्लिस बोर्डिङ स्कुल, गुरुकुल एकेडेमी, लिटिल भ्याली बालबाटिका र अन्नपूर्ण मावि सहभागी भएका थिए । यि सबै बिद्यालयलाई उछिन्दै गुरुकुल प्रथम हुन सफल भएको हो ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस