प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।  प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको तिवारीले बताए।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले आइतबार दिउँसो १२;४५ मा मृत घोषित गरेका हुन्। तस्वीर साभार

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस