सवारी दुर्घटनाबाट २ सय ५२ जनाको मृत्यु

दाङ । दाङमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय ५२ जनाको मृत्यु भएको छ । यस अबधीमा ५ सय ८९ सवारी दुर्घटना हुँदा २ सय ५२ जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका अनुसार बितेको आर्थिक वर्षमामात्रै २ सय १२ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७६÷०७७ मा १८४ सवारी दुर्घटनामा १ सय ४ र आर्थिक वर्ष २०७७÷२०७८ मा १९३ सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ ।

चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन, सडकको अवस्थामा घुम्ती मोड, उकालोरओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डीलगायतका कारणले दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम र नियम विपरित सवारी चलाउनेलाई कार्बाही गरिएपनि दुर्घटना न्युनिकरणमा चुनौति देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस