मावि श्रीगाउँमा स्काउटरलाई पोशाक बितरण

दाङ । दंगीशरण गाउँपालिकाको आयोजनामा सिद्ध पृथ्वी जनता माविका विधार्थीहरुलाई स्काउट पोषाक वितरण गरिएको छ ।
दंगीशरण गाउँपालिका स्काउट संयोजक दुर्गा वलीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौद्धिक विकास गरी उनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउले महत्वपूर्ण भमिका खेल्ने बताए । अहिलेको समाज र बालबालिका अलिकति बिचलित भै स्वयंसेवक भावना हराएको बताउदै अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको बताए । अझै सामाजीक कार्यमा अग्रसर हुन विधार्थीहरुलाई आग्रह समेत गरे ।
पोशाक बितरण कार्यक्रममा लुम्वीनी प्रदेश सदस्य रवीन वली, शिक्षा शाखा प्रमुख विनोद अधिकारी लगायतले बोलेका थिए । १६ जाना छात्र, १६ जाना छात्रा गरि ३२ जाना विद्यार्थीहरुलाई स्काउट पोसाक बितरण गरिएको संयोजक वलीले बताए । कार्यक्रममा नेपाल स्काउटको विधालय स्तरीय समिति गठन गरेको छ ।