दाङमा जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते

दाङ । दाङमा जन्ती सवार गाडी दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।

भारतबाट दुलही लिन कोइलावास हुँदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट यूपी ४६ टि २८३७ पिकअप भ्यान गढवा गाउँपालिका ५ चिसापानी नजिक दुर्घटना भएको प्रहरीले बताएको छ ।

भारत उत्तरप्रदेशको शङ्करपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको भ्यान शुक्रबार साँझ ७ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । दुलाहा भने अर्को गाडीमा सवार भएको हुँदा दुर्घटनामा नपरेको प्रहरीले बताएको छ । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस