जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु 

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार बेलुका भएको बस दुर्घटनामा परेर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको हो । सोमबार राती नै जिल्ला अस्पताल सल्लेबाट रिफर गरिएका खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्का र बुधुराम खड्कालाई लाई थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाईते भएका ४० जना मध्य १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य  रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस