दुर्गम भूगोलका विद्यार्थीले ड्रयस पाउँदा खुसी

दाङ । गढवाको वडा नं. १ दुर्गम भूगोल रङसिङस्थित जनमुखि आधारभूत बिद्यालयको कक्षा ५ मा पढ्ने शिबलाल बिष्टले दशैंको मुखमा गाउँपालिकाबाट डे«स पाउँदा आफूलाई दशैं आए जस्तो भएको बताए । गाउँपालिकाले स्कूलमै आएर ड्रयस र कापी दियो । बुवाआमाले एनकेन एक बर्षमा एक जोडी ड्रयस किन्दीनु हुन्थ्यो, अब मैलिएको बेला अर्को फेरेर धुन पनि पाइने भयो सोही बिद्यालयको कक्षा ३ मा पढ्ने आशा परियारले भनिन् । बुवाआमा मजुरी गर्नुहुन्छ, एनकेन खानेखर्च जुटाउनु की डे«स किन्दिनु ? गाउँपालिकाले डे«स दिँदा बल्ल पो दशेैं आएजस्तो भयो–उनले भनिन् ।

सोही बिद्यालयको कक्षा ३ मा अध्ययनरत करिष्मा कुमाललाई पनि डे«स र कापी पाउँदा दशैं आएजस्तो भएको छ । हुनपनि पारिवारीक स्थिति कमजोर भएका अभिभावकहरुलाई डे«स र कापी कलम किन्दीने पैसा पनि हुन्न । मजदुरी गरेर हातमुख जोड्ने कि वालबच्चा पढाउने ? स्थानीय अभिभावकहरु बताउँछन् । हुने खानेले त बोर्डिङ स्कूलमा पढाउँछन् तर हुँदा खाने वा ज्याला मजदुरी गरेर वाालबच्चा पढाउने अभिभावकहरुले भने सरकारी स्कूलमा बच्चा पढाउन बाध्य हुन्छन् । यहि कुरालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले बिपन्न सिमान्तकृत वर्गका बिद्यार्थीहरुले पढ्ने सरकारी बिद्यालयहरुमा ड्रयस तथा कापी वितरण गरिरहेको छ । बिपन्न र सिमान्तकृत वर्गका बिद्यार्थीहरुले पढ्ने दुर्गम भूगोलका बिद्यालयहरुमा गत आइतबारदेखि अभियान सुरु गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

जस अनुसार महेन्द्र आधारभूत बिद्यालय कोइलाबास, दुर्गा आधारभूत खबरनिाका, उदय प्राबि मुसीनाका, गणेश प्राबि चिमचिमे, पचहिया रात्री प्राबि, सर्बोदय प्राबि र जनमुखि आधारभूत बिद्यालय रङसिङका कक्षा १ देखि ५ सम्मका झण्डै ५ सय ११ बढि बिद्यार्थीहरुलाई डे«स तथा स्टेशनरी वितरण गरिएको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिए । अझै केहि बिद्यालयहरु बाँकी छन्–उनले भने ।

गढवा गाउँपालिकाले चालुआब देखि बालबिकासका ३० जना शिक्षकहरुलाई गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब पुर्याएको छ भने पालिकाभरका २८ बिद्यालयका ४५ जना निजी स्रोतका शिक्षकहरुलाई तलब ब्यवस्थापन गरि सरकारी बिद्यालयहरुको गुणस्तर बृद्धि गर्ने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । गरिब बर्गका छोराछोरीहरुले पढ्ने सरकारी बिद्यालयहरु नै भएकोले शिक्षा क्षेत्रमा गाउँपालिकाले विशेष लगानी फोकस गर्न सुरुवात गरेको उनले बताए । अभिभावकहरुको मन जित्नेगरी सरकारी बिद्यालयहरु ब्यवस्थापन गर्न गाउँपालिकाले सबै सरकारी बिद्यालयका शिक्षकहरुलाई अनुरोध गरेको छ । बिपन्न वर्गका बिद्यार्थीहरुलाई पढन–पाठनमा हौसला दिन ड्रयस र स्टेशनरी वितरण समेत सुरुवात गरेको अध्यक्ष यादवले बताए ।

यसैबिच जनमुखि आधारभूत बिद्यालय रङसिङका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवबहादुर कुमालको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बुधबार सो बिद्यालयका १०८ जना बिद्यार्थीहरुलाई डे«स तथा कापि वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी, गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक, सो बिद्यालयका प्रधानाध्यापक अमरसिंह थापा, बिब्यसका सल्लाहकार कृष्ण गिरी र शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णा परियार लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस