पद्मोदय दाङ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको बिजेता

दाङ । दाङ जिल्लामा असोज १३ गतेबाट १९ गतेसम्म संचालित दाङ जिल्लास्तरीय इन्टरस्कुल क्रिकेट प्रतियोगिताको बिजेता पद्मोदय स्कुल भएको छ । आज सम्पन्न फाइनल खेलमा पद्मोदयले माउन्ट भ्यु स्कुललाई ४१ रनले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।

बिहान ११ः४० बजेबाट सुरु भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पद्मोदयले निर्धारित २० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । पद्मोदयका लागि सचिन केसीले ४३ रन, कप्तान आशिष ओलीले २१ रन तेस्तै झगेम्द्र सिङ ठकुरीले १५ रन बनाए ।

पद्मोदयलाई १०९मा रोक्न माउन्ट भ्युका अक्षय कुमार रावतले ४ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । तेस्तै अक्राश पान्डेले ४ओभरमा १० रन खर्चेर २ विकेट लिए । जवाफी ११० रनको लक्ष्य पाएको माउन्ट भ्युले १७ ओभर खेल्दै ६८ रनमा आफ्नो सम्पुर्ण विकेट गुमायो । माउन्ट भ्युका लागि अक्राश पान्डेले २२ रन र आकाश चौले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंन्क बनाउन सकेनन् ।

माउन्ट भ्युलाई सस्तैमा अल आउट गर्नलाई पद्मोदयका कप्ताम आशिष वलिले ४ ओभरमा १ मेडन राखी १० रनमात्र खर्च गरेर ५ विकेट लिए । त्यस्तै बिराट बिक्रम केसिले २ विकेट हात पारे । फाइनल खेलको म्यान अफ द म्याच बिजेता टिमका कप्तान आशिष वलि भए । त्यस्तै मस्ट इम्प्रेसिभ प्लेयर माउन्ट भ्युका अक्राश पान्डे भए । साथै प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा दुई पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी रमेश सिंह पुन, सुधन पोख्रेल यस्तै म्याच रेफ्री ज्म्बु मगर र स्कोररमा राष्ट्रिय महिला खेलाडी सरस्वती पुन मगरले गरे ।

प्रतियोगिताको बिजेता पद्मोदयले ट्रफी, मेडल, प्रमाणपत्र र नगद तीस हजार प्राप्त गर्याे । त्यस्तै उपबिजेता माउन्ट भ्यु ले नगद पन्ध्र हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । प्रतियोगितामा उत्कृष्ट हुने सम्पुर्णलाई ट्रफी र नगद प्रदान गर्दै बेस्ट ब्याट्सम्यान, बेस्ट फिल्डर, मस्ट सिक्सेसको ट्रफी माउन्ट भ्युका कप्तान प्रभाकर कुँवर घोषित भए । त्यस्तै बेस्ट बलर गोरखा लमहीका किरन बिक, एमर्जिङ प्लेयर सुनिल कालाथोकी, इम्प्रेसिभ प्लेयर आकाश पान्डे घोषित भए । त्यस्तै म्यान अफ ड टुर्नामेन्ट पद्मोदयका कप्तान आशिष वलि भए ।

त्यस्तै प्रतियोगिताको समापन कार्यक्रममा सभापतीमा दङाली स्पोट्र्स एकेडमीका अध्यक्ष सुशान्त सिङ थापा, प्रमुख अतिथिमा घोराही उपमहानगरपालिकाक १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डे साथै बिशिष्ट अतिथिमा लुम्बिनी तथा कर्णाली प्रदेश क्रिकेट संघका सदस्य कैलाश रोका मगर, दाङ क्रिकेट संघका सचिब सन्जु क्षेत्रीलगायतले उपस्थिति जनाएका थिए । त्यस्तै समापन कार्यक्रमको संचालन भिसम थापाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस