हाइसले ठक्करदिदा मोटरसाईकल चालक घाइते

दाङ । तुलसीपुरको मोतिपुरमा ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पा निबासी मोतिलाल बुढामगरका छोरा १८ बर्षका समयोग बुढामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिए ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घाईतेको टाउकोमा चोट लागेको छ ।
तुलसीपुरबाट काठमाडौका लागि छुटेको बा ३ ख ४४५२ नम्बरको हाइसले मोतिपुरको पेट्रोलपम्प नजिकै रा ३ प ३९०२ मोटरसाईकललाई बिहान ६ बजे ठक्कर दिएको थियो ।
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस