एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्यो

डोटी । कैलालीको कर्णाली नदीमा गाडी खसेको छ । नदीमा गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । पाँच जना सवार रहेको गाडी नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दियको छ ।
डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको गाडी चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टीएको प्रहरीले जनाएको छ । जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा स्कारपियो कार्णालीमा खसेको हो ।
गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए । प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको प्रहरीले जनाएको छ ।