किन पर्छ बच्चा जन्मदै मुटुमा प्वाल ?

गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ । शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ । कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन् भन्ने कुरा पूर्णरुपले जानकारीमा नआएको भए पनि यसबारे केही तथ्य पत्ता लागेका छन् । गर्भधारण गरेको ३ महिनाभित्र ? बेला नामक एक किसिमको दादुराजस्तै रोग लाग्यो भने यसले शिशुको निर्माण भैरहेको मुटुमा विकृति उत्पन्न गराउँछ ।

यस्तै प्रकारकाले गर्भधारण गरेको ३ महिना भित्रमा गर्भको लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्याधिक धूमपान र मध्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा आदि अवस्थामा मुटु निर्माणमा गडबडी हुन सक्छ। गर्भवती अवस्थामा आमाले खाने गरेको भोजनले पनि विषेश महत्व राख्छ । भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि गर्भवतीले त्रुटिपूर्ण विकास भएका शिशु जन्माउँछन्। कहिलेकाँही एउटै परिवारका भाइबहिनीमा पनि मुटुसम्बन्धी जन्मजात विकृति देखिन सक्छन् । यस्तो हुनुमा वंशाणुगत दोष रहेको हुन्छ।

मुटुमा हुने जन्मजात विकृतिमध्ये मुटुमा प्वाल पर्ने समस्या धेरै देखिने गर्छ। केही शिशुमा मुटुको दाहिने र देब्रे भाग छुट्याउने बीचको भित्तामा प्वाल भएको पनि पाइन्छ । मुटमा प्वाल पर्ने समस्या भनेको यही हो । प्वाल भने मुटुको बाहिरी भागमा पर्छ। यो प्वाल मुटुको दाहिने र देब्रे भाग छुट्याउने भित्तामा पर्छ। यो त्रुटीका कारण उत्पन्न हुने लक्षण र गम्भीरता प्वाल कुन ठाँउमा र कति ठूलो छ भन्ने कुरामा निर्भर गर्छ। मुटुको माथिल्ला साना कोष्ठ छुट्याउने भित्तामा हुने प्वाल (जसलाई एट्रिए सेप्टल डिफेक्ट भनिन्छ) कम खतरनाक हुन्छन् । यो प्वाल सानो छ भने कुनै उपचारको आवश्यकता नपर्न पनि सक्छ। यस्तो मुटु भएका शिशु कुनै समस्याविना नै पूरा आयु बाँच्न सक्छन् ।

मुटुको तल्लो भागका ठूला कोष्ठलाई छुट्याउने भित्तामा पनि प्वाल हुनसक्छ । यस्तो प्वाल बढी नै खतरनाक हुन्छ । साना आकारको भए पनि यो प्वाललाई शल्यक्रियाद्वारा टाल्नु सकिन्छ । मुटुमा हुने यस्ता प्वालले गर्दा मुटुभित्र चाप बढेर मुटुको दाहिने भागमा सञ्चालन हुने अशुद्ध रगत र बाँया भागमा सञ्चालन हुने शुद्ध रगत आपसमा मिसिन जान्छ । यसले रोगका विभिन्न लक्षण देखा पर्छन् ।

– डा रेग्मी मुटुरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस