दाङको घोराही लमहि सडक खण्डमा दुर्घटना, ६ जना घाईते

दाङ । दाङको घोराही-लमही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा ६ जना घाईते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आईतबार दिउँसो करिव १ बजेतिर एकआपसमा ठोकिदा ६ जना घाईते भएका छन् । घाईते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार हुन् । भालुवाङबाट घोराही तर्फ जाँदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमही तर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस ठोक्किएका हुन् ।घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते हुनुभएको छ । यस्तै, जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिए । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस