दाउन्ने दुर्घटना अपडेट : मृत्यु संख्या ३ पुग्यो

बुटवल । बुटवलबाट नारायणगढको लागि छुटेको बस पूर्बि नवलपरासीको दाउन्नेमा दुर्घटना हँुदा ३ जनाको निधन भएको छ, भने २८ जना घाइते भएका छ्न । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सूचना अधिकारी डिएसपी दिलिपकुमार गिरीका अनुसार ईलाम बस्ने वर्ष २५ की धनु दर्लामी, मकवानपुर बकाया गा.पा. ५ घर भई हाल (पूर्व) विनयीत्रिवेणी गा.पा. २ दाउन्नेस्थित गुम्बामा बस्ने वर्ष अं.५७ की ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगर २५ बस्ने बर्ष ७२ को हिमलाल न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार जिल्लाको बिनयी त्रिबेणी गाँउपालिका २ दाउन्ने बजारबाट ५० मिटर पूर्बमा उक्त दुर्घटना भएको हो । बुटवलबाट नारायणगढको लागि छुटेको ना ५ ख ७००० नम्बरको बस साझ साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । बस आफै अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस