आज यी र प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
हाशाखाका अनुसार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपासको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ। सोमबारसम्म यो वर्षको मनसुन नेपालको कर्णाली प्रदेशको अधिकांश र लुम्बिनी प्रदेशको पश्चिम भूभागबाट बाहिरिसकेको छ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस
