तुलसीपुर होटल व्यवसायी समितिका नयाँ कार्यसमिती लिए सपथ
दाङ । तुलसीपुर होटल व्यवसायी समितिका नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार निर्वाचन समितिका संयोजक रविन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरूले शपथ लिएका थिए ।
यस्तै नयाँ कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण समेत गरिएको थियो ।
शनिबार तुलसीपुरमा भएको समितिको ८ औँ साधारण सभा तथा पाँचौ अधिवेशनबाट इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सहमतिमा चयन भएको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष टेकराम खड्काले आफूले अहिलेसम्म व्यवसायीहरूको हकहितका लागि सक्दो काम गर्दै आएको भन्दै नयाँ कार्यसमितिलाई पनि राम्रो काम गर्न आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले संस्थाप्रति कटिवद्ध भएर लाग्नको लागि शपथ लिएको भन्दै आफूहरूको कार्यकालसम्म कसैसँग मनमुटाव नराखेर काम गर्ने बताए । उनले कुनै पनि कामहरू गर्दा संस्थाका सल्लाहाकारसँग समन्वय गरेर मात्र काम गर्ने र संस्थाको हितमा मात्र आफ्नो टिम लाग्ने पनि बताए ।
कार्यक्रममा संस्थाका निवर्तमान कोषाध्यक्ष चूर्ण बहादुर वली लगायतले नवनिर्वाचित टिमलाई शुभकामना दिएका थिए । जसको उपाध्यक्षमा दोर्ण आचार्य, सचिवमा तुफान केसी, सह सचिव सञ्जय न्यौपाने, कोषाध्यक्ष दिल बहादुर भण्डारी रहेका छन् । यस्तै सदस्यहरूमा अम्मर खनाल, ललित पोख्रेल, भुपेन्द्र डाँगी, प्रवेश वली, विष्णु माया पोख्रेल, कमला सार्नु, रुबी महरा र सुशील वली, वैकल्पिक सदस्य प्रभात भण्डारी रहेका छन् ।
