रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो

कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ। उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले थाहाखबरलाई जानकारी दिए। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो।

मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।  सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ। थाहा खबरबाट

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस