भेडाहरूको संगत गर्दागर्दै माओवादी पनि भेडाजस्तै भइसक्यो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काङ्ग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन्। वाइसिएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनमा प्रचण्डले पुराना संसदीय पार्टीहरूको संगतले बिगारेको बताएका हुन्।
अहिले आफूहरू कमीकमजोरी सच्याउँदै जनतासँग क्षमा मागेर अघि बढ्ने तयारीमा लागेको उनले बताए। सरकार आफूहरूले गरेका राम्रा काम उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै प्रचण्डले जनतामा सरकारप्रति असन्तुष्टि, आवेग र आक्रोश बढ्दै गएको जिकिर गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकारले गरेका कामलाई आफ्नो सय दिने उपलब्धिमा समेटेको भन्दै आश्चर्य व्यक्त गरे।
प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

