एमाले तुलसीपुर नगरको अध्यक्षमा खत्री

तुलसीपुर । नेकपा एमाले तुलसीपुर नगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन भएका छन । उनी सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन । त्यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।
जस्को उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी, रेवती बिक चयन भएका छन । ८५ सदस्यीय रहेको नगर कमिटीमा ८१ जना निर्वाचन प्रक्रियाबाट चयन भएका हुन् भने ४ जनालाई पछि मनोनित गरिने भएको छ ।
प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस