पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस

दाङ ।  चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताए  । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडौँमा पत्रकारिता पढेको र केही समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताए ।

चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले धेरै समय पछि दर्शक माझ आउँदा पनि पत्रकार तथा दर्शकको मायाले उत्साह थपेको बताए । उनले भने,‘  गत केही वर्ष सामाजिक कार्य गर्दा आफ्नो पेसामा फर्कन सकेनौ । कमव्याक हुँदा पनि दर्शक को साथ र मायाले आफूलाई हास्यव्यङ्ग्य क्षेत्रमा झन नयाँ जोस जाँगर आएको बताए ।  

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा बोल्दै कट्टेलले भन्नुभयो तुलसीपुर सग फरक खालको भावनात्मक सम्बन्ध छ । विपद्को घडीको सारथी बन्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले गरेको सामाजिक काममा व्यस्त हुँदा आफ्नो पेसामा फर्किन पाएनौ, उमेर छँदै केही असल कर्म गरौँ, भन्ने अभिप्रायले केही बस्ती निर्माण गर्यौ । सामाजिक कार्य गर्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, कोषाध्यक्ष देव बहादुर केसी, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, निवर्तमान अध्यक्ष शिव पुन सल्लाहकार दीपक कुमाल लगायतको उपस्थिति रहेको थियो । रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निराला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस