पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

दाङ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साझ बुटवल, सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा धक्का महसुस भएको हो। भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जाजरकोटको पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।

त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस