भायानेटले ल्यायो फेरि नयाँ अफर

काठमाडौँ  ।  इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले  सेवाग्राहीहरुको  लागि फेरि नयाँ अफर लिएर आएको छ ।  चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित इन्टरनेट योजना उच्च गतिको भरपर्दो एक महिना फ्रि सहितको नयाँ अफर बार्षिक ८ हजार ५ सय शुल्कदेखि ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साम्बा प्याकेजअन्तर्गत ५० एमबीएपीएस, १०० एमबीएपीएस, २०० एमबीएपीएस र ३०० एमबीएपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा १०० एमबीएपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने छन् ।

१०० एमबीएपीएस को मूल्य ८ हजार ५०० ( करसहित ) बाट सुरु हुनेछ।  यो सेवा मार्च ९, २०२५ मा सार्वजनिक गरिँदै छ । थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिने बताइएको छ। 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस