लुम्बिनी प्रदेशमा कुपोषण न्यूनीकरणका लागि विशेष पहल : मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिक भन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे ।
सिद्धार्थ नगरपालिकाको आयोजनामा ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशिला’ भन्ने मान्यताका आधारमा अन्तरसंवाद गरिएको थियो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले मानवीय विकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।