कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।
सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ । परीक्षा तालिका भने भोलि मात्रै सार्वजनिक हुने परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस