दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

दाङ । दाङको तुलसीपुर मा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सञ्चालित सिएनटीप्रेस डटकम ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको छ ‌। वि.सं २०७९ माघ ४ गते बाट सन्चालन मा आएको सिएनटी प्रेस डट कमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा आधारभूत पत्रकारिता तालिम सन्चालन गरेको हो ‌।

पत्रकारिता फिल्डमा नयाँ प्रवेश गरेका तथा गर्दै गरेका प्रशिक्षार्थीहरुलार्इ प्रशिक्षण दिइएको हो । लामो समयसम्म पत्रकारिता फिल्डमा अनुभव बटुलेका पत्रकारहरुबाट प्रशिक्षक दिएका थिए । प्रशिक्षकमा राकेश बस्नेत, दिपक बोहोरा, सुमन के सी, यज्ञ बहादुर बुढा, जित सागर जि एम, बसन्त पौडेल लगाउतले तालिममा आफ्नो अनुभवसँगैको खोजी पत्रकारिता, समाचार लेखन, पत्रकार र पत्रकारिता विषय, छापा पत्रकारिता, रेडियो पत्रकारिता,‌ टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारितालगायतका विषयमा प्रशिक्षण दिएका थिए

२०८० माघ २ र ३ गते सन्चालित २ दिने आधारभूत पत्रकारिता तालिमका अध्यक्ष तथा राइजिङ टुगेदर मिडिया प्रालिका सन्चालक तथा सिएनटी प्रेसका प्रमुख÷सम्पादक सागर सुबेदीले उक्त आधारभूत पत्रकारिता तालिमले नवप्रवेशि साथीहरुलाई पत्रकारिता फिल्डमा काम गर्न सहजता हुने तथा पत्रकारिता फिल्डमा काम गर्न क्षमता अभिबृद्धि साथै हौसला बढाउन मद्दत गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

यससँगै भोली माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस‌ डटकमले आफ्नो पहिलो स्थापना दिवस मनाउँदै छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस