नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा पौडेल
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन भएका हुन् । बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष पौडेल यसअघि लुम्बिनी प्रदेश समितिको सचिवमा रहेर कुशलता पूर्वक एक कार्यकाल विताइसकेका छन् ।
पौडेल प्रअ रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा गरेको उपलब्धीका आधारमा मेघा विद्यालयको रुपमा सूचिकृत समेत भएर प्रकृया अघि बढिसकेको छ ।
त्यसैगरी नव निर्वाचित समितिको उपाध्यक्षमा बाँकेका शिव शंकर रोका, प्यूठानकी हिमा भण्डारी र रूपन्देहीका डिलुराम तिवारी चयन भएका ह्ुन् । त्यसैगरी महासचिवमा पाल्पाका सुरेश प्रसाद गौतम, उपमहासचिवमा रुकुम पूर्वका घनश्याम दहाल, सचिवमा कपिलवस्तुका शान्ता पोख्रेल, कोषाध्यक्षमा नवलपरासीका भविश्वर चापागाईँ र सहकोषाध्यक्षमा गुल्मीका रूपा गौतम चयन भएका हुन् । त्यसैगरी १२ जिल्लाबाट एक एक जना सदस्य र महिला सदस्यमा ४ जनालाई चयन गरिएको छ ।

