युवा संघले बाड्यो कागतीका बिरुवा

तुलसीपुर । युवा संघ तुलसीपुर नगर कमिटीले किसानहरूलाई कागतीका बिरुवा बाड्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा पुगेर कागतीका बिरुवा निःशुल्क रूपमा बाड्न थालेको हो ।

युवा संघ जिल्ला कमिटी अध्यक्ष विवेक योगीले रचनात्मक र उत्पादनशील कार्यमा युवा सहभागिताका लागि प्रत्येक घरमा निःशुल्करुपमा कागतीका बिरुवा वितरण गर्न सुरु गरेको बताए । उनले युवाहरुलाई सामाजिक र उत्पादनको क्षेत्रमा क्रियाशील बनाउनका लागि प्रत्येक किसानकै घरमै पुगेर कागतीका बिरुवा वितरण गर्न थालेको बताए । अध्यक्ष योगीका अनुसार पहिलो चरणमा पाँच हजार कागतीका बिरुवा वितरण गर्नु थालिएको हो ।

कागतीका बिरुवा वितरणको सुरुवात् गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले वर्षेनि करौडौ मूल्यको कागती नेपालमा भित्रिरहेको अवस्थामा प्रत्येक घरमै पुगेर कागतीका, बिरुवा वितरण गर्नु सह्राननीय कार्य भएको बताए । उनले युवाहरुलाई नै उत्पादनशीन कार्यमा लगाउन सके बढ्दो बेरोजगारी समस्या र वैदेशिक पलायन रोक्न सकिने बताए ।

नगरप्रमुख खड्काले तीनवटै तहका सरकार बीच समन्वय, सहकार्य गरेर युवा जनशक्तिलाई उत्पादनशील कार्यमा जोड्न सकिने बताए । युवा संघले तुलसीपुर १८ र १९ को बिजौरीबाट कागतीका बिरुवा वितरण गर्न सुरु गरेको हो ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस