तालमा डुबेर एक बालिका बेपत्ता
रुकुम पश्चिम । रुकुम पश्चिममा पौडी खेल्न गएकी एक बालिका स्यार्पु तालमा डुबेर बेपत्ता भएकी छिन् । मङ्गलवार दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका(३ र ५ मा रहेको स्यार्पु तालमा डुबेर बाँफिकोट(३ की टिका विक बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता तथा प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार स्यार्पु ताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत विक साथीहरूसँग पौडी खेल्न तालमा गएको बेला डुबेर बेपत्ता भएकी हुन् । उनीसँग गएका अन्य साथीहरू सकुशल रहेको बताइएको छ ।
अहिले बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
