ग्राहकले सेवा लिदा २० प्रतिशत छुट पाउने

घोराही । एनएमबी बैंकका ग्राहकले नेशनल प्याथ ल्यावबाट सेवा तथा परामर्श लिदा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । नेशनल प्याथ ल्यावबाट सेवा लिदा १ वर्षको अवधि अर्थात २०८०र०१र०१ बाट २०८०र१२र३० सम्म यो छुट पाउने नेशनल प्याथ ल्यावका सञ्चालक बिरेन्द्र कुमार आचार्यले जानकारी दिए ।
एनएमबी बैंक घोराही शाखाका शाखा प्रबन्धक बालकृष्ण पराजुली र नेशनल प्याथ ल्यावका सञ्चालक बिरेन्द्र कुमार आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एनएमबी बैंकमा खाता खोल्ने ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको शाखाका प्रबन्धक पराजुलीले जानकारी दिए। बैशाख १ गते बाट एनएमबी बैंकमा खाता खोलेका ग्राहकले सो अवसर पाउने बताइएको छ ।
नयाँ वर्षको २०८० को अवसरमा घोराहीमा खुलेको नयाँ शाखा एनएमबी बैकले यो ब्यवस्था गरेको बैंकले बताएको छ । साथै बैंकले यो अवधिमा एनएमबी बैकमा खाता खोलेर नेशनल ल्याबबाट सेवा लिने अवसर प्राप्त गर्न पनि अनुरोध गरेको छ ।