नव निर्वाचित प्रदेश र प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्र प्रदान

तुलसीपुर । दाङ क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि तथा प्रदेश निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले आइतबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य दीपक गिरी, ३९१० का प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरी र ३९२० का प्रदेश सभा सदस्य धनबहादुर मास्कीलाई निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सायक निर्वाचन अधिकृत भुपाल भण्डारीले गरेका थिए ।

मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धनबाट प्रतिनिधि सभा ददस्यमा नेपाली कांग्रेसका दीपक गिरी, ३६ हजार ९ सय ११ , गठबन्धनबाट काँग्रेसका प्रदेश ३९१० मा डिल्लीबहादुर चौधरी १९ हजार ८ सय ६७ र गठबन्धनबाटै माओवादी केन्द्रका धनबहादुर मास्कीले २२ हजार ३ सय ६२ मत प्राप्त गरेर विजयी भएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस