एमाले दाङ क्षेत्र नम्वर २ क को निर्वाचन सम्पर्क कार्यालय घोराहीमा

दाङ ।।
नेकपा एमाले दाङ क्षेत्र नम्वर २ क निर्वाचन समन्वय कमिटीले घोराहीमा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । घोराही–१४ (पुरानो नेपाल बैंक बसेको घरमा) लखन पार्कमा सम्पर्क कार्यालय खोलेको हो । कार्यालयको नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरी ,केन्द्रिय सदस्य साजिदा सिद्धिकि लगाएतले ब्यानर खोलेर उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै चौधरीले एमालेले निर्वाचन जित्ने प्रशस्त आधारहरु भएको बताउनुभयो ।

सो अबसरमा नेकपा एमाले केन्द्रीय सदस्य साजीदा सिद्धिकी, दाङ क्षेत्र नम्वर २ क को सर्वसम्मत प्रदेश उमेदवार बलिभद्र राना, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकीलगायतकाले बोल्नु भएको थियो । क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष भानसिंह बुढाको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचनलाई लक्षित गरेर खोलिएको निर्वाचन सम्पर्क कमिटी नियमितरुपमा खुल्ने क्षेत्रीय समन्वय कमिटीका सचिव कृष्ण घर्तीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य साजिदा सिद्धिकि लगाएतका नेताहरुले निर्वाचन लक्षित कार्यक्रमहरु गरी पार्टिको काममा खटिन पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस