संजीवनी टिचिङ अस्पतालमा वरिष्ठ न्यूरोसर्जन डा. मुसाफिर आलमद्वारा अत्याधुनिक न्यूरो शल्यक्रिया सेवा सुरु

दाङ । दाङवासी तथा लुम्बिनी प्रदेशका बिरामीहरूलाई अब मस्तिष्क, मेरुदण्ड तथा स्नायु प्रणालीसम्बन्धी जटिल रोगहरूको उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने भएको छ । घोराहीस्थित संजीवनी टिचिङ अस्पताल ले अनुभवी वरिष्ठ न्यूरोसर्जन डा. मुसाफिर आलम (MBBS, FCPS Neurosurgery, Pakistan, MS Neurosurgery, NMC:10908) को नेतृत्वमा असार २६ गतेदेखि अत्याधुनिक न्यूरोसर्जरी सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका अनुसार डा. आलम न्यूरोसर्जरी क्षेत्रमा लामो अनुभव भएका विशेषज्ञ चिकित्सक रहेका छन् । उनको आगमनसँगै मस्तिष्क, मेरुदण्ड तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल रोगहरूको आधुनिक प्रविधिबाट उपचार अब दाङमै सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ ।

संजीवनी टिचिङ अस्पतालले सुरु गरेको न्यूरोसर्जरी सेवाअन्तर्गत (इन्डोस्कोपिक तथा माइक्रोस्कोपिक प्रविधिबाट)मस्तिष्क तथा मेरुदण्डको ट्युमर शल्यक्रिया ,बालबालिकाको न्यूरोसर्जरी, जस्तै जन्मजात मस्तिष्क विकृति, हाइड्रोसेफालस तथा मस्तिष्कमा पानी जम्ने समस्याको उपचार ,कम चिरफार (ःष्लष्mबििथ क्ष्लखबकष्खभ) विधिबाट गरिने मेरुदण्डको शल्यक्रिया, विशेषगरी घाँटी, ढाड तथा कम्मरका समस्याहरूका लागि, मस्तिष्क तथा मेरुदण्डको गम्भीर चोटपटक (ट्रमा) को उपचार तथा शल्यक्रिया सम्बन्धि सेवाहरु प्रदान गरिन्छ ।

पेरिफेरल नर्भ (हातखुट्टाका नसासम्बन्धी समस्या) को शल्यक्रिया ,छारे रोग (मिर्गी) सम्बन्धी शल्यक्रिया ,मस्तिष्क तथा मेरुदण्डका विभिन्न संक्रमणजन्य रोगहरूको विशेषज्ञ उपचार पनि गरीने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीको टोलीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गरिनेछ। यस सेवाले दाङसहित बाँके, बर्दिया, रोल्पा, रुकुम, प्युठान, सल्यान तथा कर्णाली क्षेत्रका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

संजीवनी टिचिङ अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार बिरामीलाई समयमै विशेषज्ञ परामर्श तथा उपचार लिन आग्रह गर्दै न्यूरोसर्जरी सेवा नियमित रूपमा सञ्चालन हुने भएको हो। अस्पतालले भविष्यमा अझ थप विशेषज्ञ सेवा विस्तार गर्दै प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस