दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

दाङ । दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्वर २ बस्ने २६ बर्षिया दिपा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराही ९ मछाहीमा धान रोपाई भईरहेको समयमा आज वेलुका पौने छ बजेतिर एक्कासी चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले बताएको छ ।

सोहि घटनामा परी घोराही २ मर्फेस बस्ने २९ बर्षिया कमला थापा र सोहि ठाउँका ३४ बर्षिय सन्दिप विक घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घाईते मध्ये कमला थापाको अवस्था पनि गम्भिर रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस