गढवा गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

दाङ । दाङको गढवा गाउँपालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबारका दिन थारू जातिहरूको पर्व बड्का अटवारीको अवसरमा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
एक सूचना जारी गर्दै अटवारी पर्वका अवसरमा स्थानीय तहभर सार्वजनिक बिदा दिने निर्णय अनुसार नै दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस