प्रतिष्ठानमा बितेको ३ महिनामा ६ सय बढिले पाए निःशुल्क प्रसुती सेवा

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको सेवा थप प्रभावकारी बन्दै गएको छ । वैशाख १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानमा निःशुल्क प्रसुति गराउन आउने महिलाहरुको संख्या बढ्दै गएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले निःशुल्क प्रसुति सेवा दिन थालेपछि बिरामीको संख्या बढ्दै गएको बताए । थापाका अनुसार प्रतिष्ठानमा प्रसुति सेवा निःशुल्क भएपछि बितेको ३ महीनामा नर्मल डेलिभरी र शल्यचिकित्सा सेवाबाट ६८२ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।

वैशाखमा १२८ जनाले नर्मल डेलिभरी र ७३ जना शल्यक्रिया, जेठमा १४० नर्मल, र ९४ शल्यक्रिया, असारमा १४७ नर्मल र १०० जना महिलाले शल्यक्रियाबाट प्रसुती सेवा लिएका हुन् ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस