दाङ जिल्ला अदालतले देशमै सबैभन्दा धेरै मुद्धा फछ्र्याैट गर्न सफल

घोराही । दाङ जिल्ला अदालतले देशमै सबैभन्दा धेरै मुद्धा फछ्र्याैट गर्न सफल भएको छ । जिल्ला अदालतले गत आर्थिक वर्षमा सम्पादन गरेको कामको प्रगति समिक्षा गर्न आयोजित आज पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश रितेन्द्र थापाले एक वर्षको अवधिमा साढे २८ सय बढी मुद्धा फछ्र्याैट गर्दै न्याय दिलाएको बताए ।

अदालतले प्रक्षेपण गरेको वार्षिक अनुमानित लगतभन्दा उल्लेख्य रुपमा मुद्धाको संख्या बढेर गएको हुँदा सिमित न्यायाधीशबाट मुद्धा फछ्र्याैट गर्न चुनौति थपिँदै गएको छ । न्यायाधीश थापाका अनुसार, जिल्ला अदालतमा तीनजना न्यायाधीशबाट एक वर्षको अवधिमा २ हजार ८ सय ५४ मुद्धा फछ्र्याैट भएको छ । बितेको ३ वर्षको मुद्धाको लगत फछ्र्याैट बारे जानकारी गराउँदै उनले आर्थिक वर्ष २०७६÷०७७ मा दर्ता भएको २ हजार ६ सय ४२ वटा मुद्धाभन्दा आर्थिक वर्ष २०७८/०७९ मा धेरै संख्यामा मुद्धा फछ्र्याैट गर्न सफल भएको छ ।

जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार ६ सय ४२ मुद्धा मध्ये १ हजार ४ सय ४८ मुद्धा फछ्र्याैट हुँदा आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएको ३ हजार ७ सय ८८ मुद्धा मध्ये २ हजार ६ वटा मुद्धा फछ्र्याैट भएको छ ।

यस्तै, बितेको आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएको ४ हजार ७ सय ९९ मुद्धा मध्ये २ हजार ८ सय ५४ मुद्धा फछ्र्याैट भएको छ । मुख्य न्यायाधीश थापाका अनुसार बितेको आर्थिक वर्षमा मात्रै करिब ६० प्रतिशत मुद्धा फछ्र्याैट भएको छ । बितेको आर्थिक वर्षमा सम्पादन हुन नसकेको १ हजार ९ सय ४५ मुद्धाको जिम्मेवारी सरी आएको छ ।

वर्षेनी जिल्ला अदालतमा मुद्धाको संख्या उल्लेख्य रुपमा बढेर गएको छ । दाङ जिल्ला अदालतमा परेको मुद्धामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका रहेका छन् । वैदेशिक रोजगारी, अशिक्षा, गरिबी, सामाजिक परिवेशलगायतका कारण पनि पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको छ ।

न्यायाधीश थापाका अनुसार, सम्बन्ध बिच्छेदका १ हजार ७९ मध्ये १ हजार ३१ मुद्धा फछ्र्याैट भएको छ । यस्तै, अंश सम्बन्धी मुद्धाको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । अंश सम्बन्धी ४ सय ८१ मुद्धा मध्ये २ सय ६२ मुद्धा फछ्र्याैट भएको छ । विभिन्न १२ वटा शीर्षकका मुद्धा जिल्ला अदालतमा दर्ता भएकोमा अधिकांश मुद्धा अपराधजन्य घटनाभन्दा सामाजिक विषयसँग जोडिएका धेरै रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस