दाङमा राप्ती नदीले बगाउँदा एकको मृत्यु

दाङ । राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राप्ती नदी तरेर गढवा गाउँपालिका १ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका ४, मौरीघाट निवासी ४२ वर्षका शंकर चौधरीको मृत्यु भएको हो ।
हँसिया, खुर्पा र फरुवामा आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन् ।
मृतक चौधरीलाई नदीले बगाएर सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पु¥याएको थियो । मृतक चौधरीको शव पुल मुनि पानीमा तैरिरहेकोे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र इलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले शव निकालेको थियो । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस