गढवा गाउँपालिकाको बजेट ६३ करोड बढी

गढवा । गढवा गाउपालिकाको एघारौं गाउँ सभामा गाउपालिका उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गरेकी हुन् ।
आर्थिक वर्ष २०७९/०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस