देउखुरीमा करेन्ट लागेर एकको मृत्यु

दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा निवासी अन्दाजी ४०÷४५ वर्षका मोहन चौधरीको मृत्यु भएको हो ।

आज विहान ६ः३० बजेको समय घर नजिक मोटर लगाएर धानखेतमा सिचाइ गर्ने बेलामा घरबाट जोडेको करेन्ट लागेर उनको मृत्यु भएको हो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोष्ट मार्टमका लागि शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस