तुलसीपुरमा गठबन्धन निकट सञ्चार उपसमिति गठन

दाङ । स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन तुलसीपुरमा सञ्चार उपसमिति गठन गरिएको छ ।
प्रेस युनियन दाङका कार्यबहाक अध्यक्ष नारायण खड्काको संयोजकत्व तथा प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष राकेश बस्नेतको सहसंयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरुमा शरद रेग्मी,गोपाल शर्मा भट्टराई, दिपक बोहरा र सर्मिला डीसी रहेका छन् ।
एक जना सदस्यलाई मनोनित गरिने भेलाले निणर्य गरेको छ । भेलाले समाचार लेखन तथा सम्प्रेसनमा सहजतामा लागि सञ्चार डेक्स स्थापना गरेको छ ।
गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन प्रचार प्रसारलाई तिब्रता दिने, फिल्ड रिपोटिङ्मा दैनिक कम्तिमा २ जना पठाउने निणर्य समेत गरेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस