गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता

दाङ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आईरहेको रा १ झ ६१६ नम्वरको बलेरो जिप आईतबार कार्यालयमा लगि बुझाएका हुन् ।

आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेका गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस