रसुवा कन्ट्रक्सन  कम्पनी प्रालिले पैसा नदिएर ठगी गरेको ठेकेदार खत्रीको आरोप

दाङ । बबई गाउँपालिका ५ बस्ने पेटी ठेकेदार कृष्णबहादुर खत्रीले रसुवा कन्ट्रक्सन  कम्पनी प्रालिले काम गरेको पैसा नदिएर ठगी गरेको आरोप लगाएका छन् ।  २०७० बैशाख २७ गते कम्पनीका सञ्चालक उपाध्यक्षले मोहन आचार्यले  खत्रीलाई अख्तियारी दिएका थिए । सल्यान लेख पोखराको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सकिएपनि भुक्तानी कम्पनीले  नदिएको भन्दै शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

भवन डिभिजन कार्यालय दाङ मार्फत प्रालिले ठेक्का पाएको उक्त कम्पनीले पनि खत्रीलाई पेटी ठेकेदारका रुपमा दिएको थियो । उनले काम गरिरहेको अवस्थामै २०७१ साल जेठ ७ गते खत्रीबाट कम्पनीले काम खोसेर आफैले भवन निर्माण कार्य सम्पन्न गरेको थियो । त्यसपछि बाँकी काम रसुवाले २०७३ तिर पूरा ग-यो   । त्यतिबेलासम्म खत्रीको १ करोड ९३ लाख ५९ हजार ६ सय ८३ खर्च भइसकेको थियो । त्यो मध्य  ६९ लाख ८६ हजार ९६७ रुपैयाँ पाएको र अब एक करोड २३ लाख ७२ हजार ७१६ रुपैयाँ पाउनु पर्ने रहेको उनको भनाइ थियो ।

‘३ करोड ७१ लाखमा उक्त भवनको ठेक्का थियो ।  निर्माण पूरा भएपछि खत्रीले खर्च गरेको रकम दिने भन्ने सहमति भएपनि त्यो रकम रसुवाले दिएन । उनले भने,‘  त्यही रकममा निर्माण गर्ने भनी मैले जिम्मा लिएको थिए ।  यो रकम माग्न लागेको ४ वर्ष बितिसक्दा सक्यो । मैले पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आउँछ । ’ 

त्यस्तै उनले आफूले पैसा माग्ने क्रममा एक पटक २०७३ असारमा पोखरा गएको बताए ।  उनले  कम्पनीका सहायक बाबुकाजी श्रेष्ठको घरमा गएको र त्यहाँ पाउनु पर्ने रकमका बारेमा कुरा गर्दा आफूलाई कुटपिट गरे  पनि आरोप लगाएका छन् ।   उनले भने,‘  मेरो घरबास सबै बैंकमा छ । त्यो बेला मैले किस्ता नहालेको  भए । मेरो घरबास सबै लिलाम हुन्थ्यो । श्रेष्ठले ढेड लाख दिएर बैंकमा किस्ता हालेर आयौँ । पछि सबै पैसा लिएको कागज गर्न आग्रह गरे । मैले यसरी हुँदैन, भन्दा केटाहरू बोलाएर जबरजस्ती कोठामा लगेर मलाई  सबै पैसा लिएको  कागज गराए ।  अहिले म सडकमा आएको छु । मसँग भएको सबै सम्पत्ति गएको छ । ’

जनाले घाँटी च्यापेर मरनासन्न गराएर सहीछाप गराए ।’ आफूलाई जबरजस्ती यसरी कागज गराएपछि जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा बिल रोक्का गरि पाउँ भनी दिएको निवेदन पनि कुनै सुनवाई नभएको उनले गुनासो  गरे ।उनले  दाङका तत्कालीन  कांग्रेस सभापति  कृति बहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरीलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गरे ।  त्यस्तै खत्रीले आफूले भवन निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्च बाफतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानी बाफतको ३८ लाख ९७ हजार, काठ चिरान बाफतको ४ लाख ४५ हजार, गिट्टी फोड्ने मजदुरलाई दिनुपर्ने खर्च ९ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरुका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टील भैरहवाबाट छड खरिद गरेबाफतको २६ लाख ७९ हजार ७ सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामाग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजार मध्यको रकम नपाएको बताएका छन् ।जनाले घाँटी च्यापेर मरनासन्न गराएर सहीछाप गराए ।’ आफूलाई जबरजस्ती यसरी कागज गराएपछि जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा बिल रोक्का गरि पाउँ भनी दिएको निवेदन पनि कुनै सुनवाई नभएको उनले गुनासो  गरे ।उनले  दाङका तत्कालीन  कांग्रेस सभापति  कृति बहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरीलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गरे ।  त्यस्तै खत्रीले आफूले भवन निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्च बाफतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानी बाफतको ३८ लाख ९७ हजार, काठ चिरान बाफतको ४ लाख ४५ हजार, गिट्टी फोड्ने मजदुरलाई दिनुपर्ने खर्च ९ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरुका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टील भैरहवाबाट छड खरिद गरेबाफतको २६ लाख ७९ हजार ७ सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामाग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजार मध्यको रकम नपाएको बताएका छन् ।

त्यस्तै  उनले आफूले जिम्मा पाएपछि ६८ जना भवन निर्माण गर्ने मजदुर ३२ जना गिट्टी बालुवा संकलन गर्ने मानिश, २४ जना काठ मिस्त्री, २१ जना ढुंगा निकालेर रोडमा ल्याउने लेबर, ढुवानी गर्ने ६ वटा टेक्टर गरि १ करोड ९३ लाख ५९ हजार ६ सय ८३ रुपैँया तिरेका छन्। तर,त्यो रकम आफूले माग गर्दा नपाएपछि अहिले घरबास विहीन भएको समेत बताए । 

त्यस्तै उनले रसुवा कन्ट्रक्सनले अहिले सल्यानको दम्दवाली स्थित शारदा नदीमा पुल निर्माण गर्न लागेको भन्दै उक्त रकम नपाएमा आफूहरुले त्यहाँबाट सामग्री जफत गर्ने समेत चेतावनी दिएका छन् । उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय खिलतपुर, सल्यान कालिमाटी लगायतका प्रहरी चौकीमा निवेदन  दिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस