संघले लुम्बिनीलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण ग¥यो, तर बजेट नदिँदा ४८७ आयोजना अलपत्र
काठमाडौं । बजेट बिनाका खानेपानी आयोजनाले लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको ‘सबैका घरमा खानेपानी’ पु¥याउने लक्ष्य पूरा हुन कठिन हुने देखिएको छ । संघीय सरकारले चार वर्षअघि लुम्बिनी प्रदेशलाई ६८९ खानेपानी आयोजना हस्तान्तरण गरेको थियो । खानेपानी आयोजना प्रदेशलाई हस्तान्तरण गरे पनि त्यस अनुरुप बजेट भने उपलब्ध भएन ।
आयोजना हस्तान्तरण गर्ने र त्यस अनुरुप बजेट नदिँदा आयोजना पूरा गर्न समस्या देखिएको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका खानेपानी महाशाखा प्रमुख इन्जिनियर ध्रुव धितालले बताए । संघीय सरकारले हस्तान्तरण गरेका ६८९ आयोजना मध्ये ४८७ आयोजना अलपत्र छन् ।
हस्तान्तरण भएका आयोजना सम्पन्न गर्न मात्रै अब करिब ११ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर, संघले यसवर्ष ८९ करोड ९७ लाख रुपैयाँ मात्र पठाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ सम्म सबैका घरमा खानेपानी पु¥याउने योजना बनाएको छ ।
निर्माण सुरु भएका खानेपानी आयोजनालाई समयमै पूरा गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । सरकारले सुरु गरेका आयोजना समयमा नसक्दा सबैको पहुँचमा खानेपानी पु¥याउन नसकिएको सरोकारवालाको भनाइ छ ।
दीगो विकास लक्ष्यले सन् २०३० सम्म सबैको पहुँचमा सुरक्षित खानेपानी पु¥याउने लक्ष्य निर्धारण गरेको छ । प्रदेश सरकारले एक घर एक धाराको संकल्पसहितको कार्यक्रम पनि पारित गरेको छ । तर त्यस अनुसार काम हुन सकेको छैन ।